कोरोनाको वैज्ञानिकले पत्ता लगाए अर्को रोचक तथ्य

काठमाडौं । केही समय अघिसम्म मानिन्थ्यो कि जसरी तापक्रम बढ्दै जान्छ, कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप अन्त्य भएर जान्छ । चीनको हुवेई प्रान्त (उहान शहर) मा सुरु भएको उक्त प्रकोपको केही समय त त्यही आशामै बितेको थियो ।

धेरै तापक्रम हुने देशहरुले त सुरुमा देशहरुले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलने दाबी गर्दै आएका थिए ।  हुन पनि अधिकांश भाइरसहरु जाडोयाममा सक्रिय हुन्छन् ।
मौसम परिवर्तनको समयमायिनीको सक्रियता झनै बढ्छ । तर, जति जति गर्मी बढ्दै जान्छ वा मौसम स्थिर हुँदै जान्छ, यी भाइरस क्रमशः निष्क्रिय बन्दै जान्छन् । मौसमी रुघाखोकी, टाइफाइट लगायतका रोगका भाइरसको गुण प्रायः यस्तो हुन्छ ।

पछिल्लो समय विश्वमा महामारीको रुप लिएको कोरोनाभाइरस उच्च तापक्रममा पनि फैलने क्षमता राख्ने पुष्टि वैज्ञानिकहरुले गरेका छन् । फ्रान्समा वैज्ञानिकको एउटा समूहले गरेको शोधले यस्तो खुलासा गरेको हो ।

दक्षिणी फ्रान्सको आइएक्स मार्सीले विश्वविद्यालयका प्रोफेसर बोरिस पास्टोरिनोले आफ्नो साथीहरुसँग मिलेर यो भ्रमको अन्त्य गरेका हुन् । उनले यो भाइरसलाई ६० डिग्री सेल्सीयस (१४० डिग्री फरेनहाइट) तापमानमा परीक्षण गरेका थिए ।

यो तापक्रममा १ घण्टा परीक्षण गरेपछि थाहा भयो कि भाइरस अझै पनि संक्रमण फैलाउन सक्षम नै छ । अर्थात् यो तापक्रममा पनि भाइरस निष्क्रिय हुनसम्भव छैन ।

यो परीक्षणका लागि ती वैज्ञानिकहरुले अफ्रिकामा पाइने एक जातको बाँदरको किड्नीलाई यो भाइरसले संक्रमित गरे । त्यसका लागि आइसोलेसनमा बसेका एकजनाको शरिरबाट भाइरस लिइएको थियो । यो भाइरसलाई दुईवटा अलगअलग ट्युवमा भरियो । छुट्टाछुट्टै परिवेशमा यसको तापक्रम बढाइयो ।

तर सफा वातावरणमा उच्च तापक्रममा यो भाइरस निष्क्रिय भएको पाइयो । तर फोहोर वातावरणमा यो अझै सक्रिय नै रहेको पाइयो । तर तापक्रम बढ्दै जाँदा यसको शक्ति कमजोर हुँदै गएको भने देखियो ।
७० डिग्री सेल्सियत तापक्रममा यो भाइरस ५ मिनेटका लागि निष्क्रिय भएको पाइयो । तर सो समयपछि भाइरस पुनः सक्रिय हुन सुरु भयो ।

तर, वैज्ञानिकहरु उच्च तापक्रमबाटै यो भाइरस निष्क्रिय गर्न सकिने निष्कर्षमा भने पुगेका छन् । उनीहरुका अनुसार ९२ डिग्री सेल्सियस (१९७ डिग्री फरेनहाइट) तापक्रममा १५ मिनेट राख्दा भाइरस निष्क्रिय हुन्छ । तर त्यो तापक्रम विश्वको कुनै पनि ठाउँमा पुग्दैन ।

उम्लिएको पानी १०० डिग्रीको हुन्छ तर त्यो पानीलाई मान्छेले सहन गर्न सक्दैन । यो अनुसन्धानपछि वैज्ञानिकहरुले सार्स रोग र कोरोना भाइरस उस्तै प्रकृतिको भएको निष्कर्ष निकालेका छन् । यो अनुसन्धान अहिलेसम्म जर्नलमा प्रकाशित भइसकेको छैन । प्रारम्भिक निश्कर्षलाई अध्ययनमा संलग्न नभएका अन्य वैज्ञानिकहरुको टोलीले गहनतापूर्वक पुनः परीक्षण गरेपछि मात्रै यसलाई जर्नलमा प्रकाशित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close