शिक्षण अस्पतालका ३८ चिकित्साकर्मी र पाँच विरामी आइसोलेसनमा

काठमाडा जेठ १ गते । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइ रहेकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि हाल वार्ड सिल गरी त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सहरुलाई आइसोलेसनमा राखिएको छ ।
साथै सो वार्डमा उपचार गराइ रहेका पाँच जना विरामीलाई पनि आइसोलेशनमा राखिएको त्रिवि शिक्षण अस्पतालका कोभिड व्यबस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताउनुभयो ।
शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइ रहेकी कपिलबस्तुकी ६ वर्षीया बालिकालाई वैशाख ३० गते उपचारका लागि शिक्षण अस्तपाल ल्याइएको थियो ।
बालिकामा कोरोना पुष्टि भए पछि सो वार्डमा कार्यरत चिकित्सक तथा नर्स र कर्मचारीलाई आइसोलेशनमा राख्ने तयारी गरिएको हो ।

स्रोत गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close