थप एक जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं–

सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन भएको छ ।

यसबीचमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने २८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या ११० पुगेको हो । उनीहरुमध्ये चार जना उदयपुर भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् ।

वैशाख ५ गते भुल्केमा पहिलोपटक १२ जनामा कोरोना संक्रमण देखिएकोमा बढेर ३२ पुगेको छ भने १४ जना निको भएर घर पनि फर्किएका छन् ।

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको सरकारले क्रमशः केही पेशा र व्यवसाय गर्न छूट दिन थालेको छ । सुरक्षा सावधानी अपनाएर गर्न पाइने त्यस्ता पेशा व्यवसायमा सामाजिक दूरीको पालना पनि गर्न भनिएको छ ।

बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन हुँदा पनि सरकारले पर्याप्त परीक्षण सामग्रीसमेत ल्याउन नसक्दा परीक्षण किट नहुँदा ठूलो आकारमा परीक्षण गर्न सकिएको छैन । बरु सरकार खरिदमा भएको अनियमितताकाण्डमा फसेको छ ।

पछिल्लो समय सरकारले जीटूजी प्रक्रियामार्फत् किन्न लागेको स्वास्थ्य सामग्री खरिदको जिम्मा पनि नेपाली सेनालाई सुम्पिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close