
सुर्खेत १, माघ ।
कर्णाली प्रदेश सभामा सभामुखका लागि आज मतदान हुने भएको छ । सभामुख चयनका लागि दुई जनाले मनोनयन दर्ता गरेसँगै आज विहान ११ बजे बस्ने प्रदेश सभाको वैठकमा मतदान हुने भएको हो ।
सभामुख पदका लागि नेकपा एमालेबाट नन्दा गुरुङ र नेपाली काँग्रेसबाट खड्ग बहादुर पोखरेलले उम्मेदवारी दिनुभएको छ । प्रदेश सभा सचिज जीवराज बुढाथोकीका अनुसार आज विहान बस्ने वैठकले मतदान मार्फत सभामुखको टुंगो लगाउने भएको हो ।