गुट अन्त्य गरेर काँग्रेस पहिलो पार्टी बनाउँछु ः सभापति शाही

 

सुर्खेत । नेपाली काँग्रेसको कर्णाली प्रदेशको सभापतिमा निर्वाचित भएका ललितजंग शाहीले पार्टीभित्रको गुट उपगुट अन्त्य गर्ने बताउनु भएका छ । महाधिवेशनमा लोकतान्त्रिक सिद्धान्तलाई बचाउन विभिन्न समूहबाट उम्मेद्वारी घोषणा गरेर निर्वाचन भएपनि त्यो लामो समयसम्म कायम नहुने शाहीले बताउनु भयो ।
काँग्रेस पार्टी लोकतान्त्रिक पद्धतीमा चल्ने पार्टी भएकाले त्यसैलाई आत्मसाथ गरिएको हो । नयाँ कार्यसमिति नेतृत्वमा आएसँगै आम कार्यकर्तामा अब कुनै निराशा हुन नदिने र आउने निर्वाचनमा कर्णालीमा नेपाली काँग्रेस पहिलो पार्टी बनाउने तिक्ता र कटुता अन्त्य गर्दै पार्टीमा सबैलाई मिलाएर लैजाने शाहीले उल्लेख गर्नुभएको छ ।
सभापतिमा ललितजंग शाही, उप–सभापितमा कालिबहादुर सहकारी र सनतकुमार कार्की, महामन्त्रीमा निरञ्जन केसी र कृष्ण रोकाय, सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँकुमारी शाही विजयी हुनुभएको हो । प्रदेश कार्यसमितिमा पनि देउवा पक्षकै वचश्र्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close