वालीविज्ञान अध्ययनरत विद्यार्थीलाई उद्यमशलिता तालिम

शिखर माध्यमिक विद्यालयमा ३ वर्षे वाली विज्ञान अध्ययन गर्दे आएका ७० जना विद्यार्थीलाई उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ ।
भेरीगंगानगरपालिका ११ रामघाट सुर्खेतमा उक्त विद्यालयले हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा उक्त तालिम प्रदान गरिएको हो ।
प्राविधिक शिक्षा पढेका विद्यार्थीले समेत वेरोजगार हुने समस्यालाई मध्य नजर गर्दे उद्यम व्यवसाय गर्न उत्प्ररेणा दीनका लागी उक्त तालिम संचालन गरिएको हेल्भेटास नेपाल इन इलम परियोजनाका कर्णाली प्रदेश संयोजक टेक वहादुर सिहले वताए ।
पढाई पछी रोजगारीका अवसर सिर्जना गर्नका लागी उनीहरुलाई उद्यम शिलता विकास तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक जनक सिहले वताए ।
प्राविधिक पढेर पनि वरोजगारी समस्या भएकाले विद्यालय वाटै व्यवसायी वन्न उत्प्रेरित गर्नका लागी विद्यालयले काम गर्दे आएको वताए ।बिद्यार्थी लाई विद्यालय वाट व्यवसायी वनाउन तालिम संचालन गरिएको समेत प्रअ सिंहको भनाई छ ।
तालिममा व्यवसाय कसरी गर्ने , व्यवसायीक योजना, व्यवसाय वाट कसरी नाफा लिने विषयमा तालिम प्रदान गरिएको प्रशिक्षक देवेन्द्र अधिकारीले जानकारी दिए । प्राविधिक शिक्षा लिएर वेरोजगार नवनुन आफै व्यवसाय गरेर अरुलाई समेत रोजगारी वनाउन भन्ने उदेश्यले तालिम प्रदान गरिएको वताइएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close