गुर्भाकोटमा नगर तरुण दलले निशुल्क खाना खुवायो

गुर्भाकोट नगर तरुण दलले गुर्भाकोट ८ मेहेलकुनाको सिटिहलमा गुर्भाकोट नगरपालिकाले संचालन गरेको क्वारेन्टाईन स्थलमा क्वारेन्टाईनमा बसेका, कोरोना भाईरस नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पैदल यात्री तथा अलपत्र परेका व्यक्तिहरूलाई निशुल्क खाना खुवाएको छ ।

भोजन स्थल अवलोकन गर्दै नगर प्रमुख र उपप्रमुख

नगर तरुण दलको आयोजनामा मेहेलकुनाको सिटिहलमा मेस सञ्चालन गरी कोरोना भाईरस नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, खाद्यान्न अभाव भोगिरहेका तथा घरमा चुल्हो बाल्न नसकेकाहरुलाई खाना खुवाएको हो ।
नगरक्षेत्रमा रहेका विपन्न र खाद्यन्न अभाव भोगिरहेकाको सहयोगको अपिल समेत गरेको छ । तरूण दलकोअभियान सफल बनाउन देश विदेशमा रहेका नगरवासी तथा सहयोगदातालाई सहयोगको अपील गरेको छ ।


हाल नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनका करिव ५० जनालाई निशुल्क खाना खुवाइएको तरुणदलका प्रमुल पुन मगरले जानकारी दिए । कोरोनाको संभावित जोखिम कम गर्न लकडाउन लम्बिए पनि नगर तरुण दलले खाद्यन्न अभाव झेलीरहेका गुर्भाकोटवासीलाई निशुल्क खाना खुवाउने पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close