Murti

राष्ट्रियसभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेटवार्ता

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा भेटवार्ता गरेको हो। भेटका क्रममा नेपाल र क्यानडाबीचको संसदीय सहकार्यलगायत विषयमा कुराकानी भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।

संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण भएको र भेटवार्ताले संसदीय अभ्यास र सिकाइको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने फुयाँलले बताए। भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग र्पुयाउने विश्वास व्यक्त गरेका छन्।

दुवै देशका संसदमा गठन भएको संसदीय मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि अध्यक्ष तिमल्सिनाले ब्यक्त गरे। क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए।

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा गरेका पनि सचिव फुयाँलले जानकारी दिए।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close