वुहानमा रहेका नेपाली लिन जहाज आज चीन जाँदै, घर फर्कन चाहने भोली बिहान नेपाल आइपुग्ने

काठमाडौं । सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धार गर्न आज जहाज पठाउने भएको छ ।

कोरोना भाइरसको त्रासले स्वदेश फर्कन चाहेका एक सय ८५ नागरिक लिन सरकारले विशेष तालिमप्राप्त टोलीलाई आज जहाजसहित चीनको हुबेई प्रान्तको वुहान सहर पठाउन लागेको हो ।

टोलीमा ३ चालक, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।

नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने बताइएको छ ।

विमान साँझ पौने सात बजे वुहान पुग्ने र त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने छ । नेपाली समयअनुसार भोली बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै भक्तपुरको खरीपाटी लगिनेछ । खरीपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ती विद्यार्थीलाई १४ दिनसम्म राखिने छ ।

विद्यार्थीहरु चौबिसै घण्टा स्वास्थ्यकर्मीको  निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर राखेको छ । खरीपाटीमा ८६ जना चिकित्सक खटाइने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close