
१ असार, सुर्खेत । कोरोना भाइरसको दोश्रो चरणको भेरियन्टको महामारीले आक्रान्त भैरहेको अवस्थामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली स्वयम् सेवक दल गठन गरिएको छ ।
स्वयम् सेवक दल गठन हुने वित्तिकै दलले सिटी बसपार्कको बाहिर नागरिक सहायता कक्ष सञ्चालन गरेको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ुहाम्रो पहिलो कार्यमा नागरिक सहायता कक्ष र मास्क बैंकको शुभारम्भ गरेका छौं । साथै हाम्रो समूहमा कुनै पार्टी विषेश नभएर स्वयम् सेवामा दत्तचित्त भएर काम गर्ने यूवाहरु हुनुहुन्छ ।ु
‘हाम्रो यो समूहमा सामाजिक सञ्जालबाट काम गरिरहेको मोटे ग्याङ्ग नेपाल, कोभिड जित्दै छ कर्णाली, सुर्खेती कोभिड १९ सेल्फहेल्फ समूह, विपतका सारथी कर्णालीका यूवा लगाएतको समहुका सदस्यहरुरहेका छन् ।’ दलका संयोजक श्रेष्ठले भने ‘हामीले राउटे महिला माथि गरिएको यौन दुर्व्यवहारको विरोध गर्दै सामाजिक विकास मन्त्रालयका मन्त्री यज्ञबहादुर वि।सी।लाई ज्ञापनपत्र बुझाएका थियौ भने गत शनिवार सम्पन्न कोभिड १९ को भेरोसेल खोप लगाइने अभियानमा वीरेन्द्रनगरका विभिन्न वडाहरुमा स्वयम् सेवकिय कार्य पनि गरेका छौं ।’
अध्यक्ष श्रेष्ठका अनुसार दलको कार्य प्रदेशका १० जिल्लामा विस्तार शुरु गरिएको छ । तत्काल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सक्रिय कार्य गरेको संस्थाले १० जिल्लामै कार्य गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार संस्थाको मुलउदेश्य मानव कल्याण, सुख तथा खुशीको लागि समाज सेवा गर्ने, सुशासन युक्त सुसंस्कृत समाज र समुदाय स्थापित गर्ने, राज्यको शासन प्रणालीमा सहयोगीको भूमीका निर्वाह गर्ने र युवा जगतमा बलीयो आशा एवं आत्म बिस्वास जागृत गराउने रहेको छ।