२४ घण्टामा विश्वमा हालसम्मकै धेरै संक्रमितको मृत्यु

गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ ।

उक्त अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ ।

त्यस्तै अहिलेसम्म ९ करोड १९ लाख ७६ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित २ करोड ४२ लाख ७ हजार ८८२ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ५८ लाख ६८२ जनाले कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close