एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

१५ जनाकाे मृत्यु

सुर्खेत २१ असाेज । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी १५ जनाकाे मृत्यु भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close