शर्मा बने सर्वोत्कृष्ट प्रहरी

असोज १, सुर्खेत ।

कर्णाली प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा कर्णालीकै साउन महिनाको सर्वोत्कृष्ट प्रहरीबाट सम्मान पाएका छन् । ईलाका प्रहरी कार्यालय जयनगर, बर्दिया दरवन्दी भई कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक शर्मा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

नेपाल प्रहरीको विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उनलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै यस कार्यालयको मातहत जिल्लाहरु समेतमा अपराध नियन्त्रण, लागू औषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारणले शर्मा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरि नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेका शर्मालाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शर्माले देशका विभिन्न जिल्लामा रहेर शान्ति सुरक्षा अमन चयनमा तथा नागरिक सुरक्षामा उत्कृष्ट काम गर्दै आएका छन् । निस्कंलक छाप बनाएका शर्मा अपराध अनुसन्धानमा अब्बल मानिन्छन्। यस अघि उनले धेरै पुरस्कार पाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close