थप २६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नयाँ थप भएका संक्रमितमा २६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार एकै दिन ८३ जनामा संक्रमण फेला परेको हो । नयाँ थपिएकाहरुमा पर्सा जिल्लाका १८ जना छन् । जसमा ६ जना महिला छन् भने १२ जना पुरुष रहेका छन् ।

यसैगरी नयाँ थपिएका संक्रमितमा महोत्तरीका २ जना पुरुष, धनुषाका एक महिला र एक पुरुष, भक्तपुरका एक महिला, एक पुरुष, काठमाडौंका एक महिला र सर्लाहीका एक पुरुष रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यसअघि मंगलबारै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि ५७ जनाको विवरण आउँदा पनि पर्साका मात्रै ३९ जना थिए । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना थिए ।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close