‘पवनकली शो’ ले कोरोना त्रास हटाउने

लकडाउनमा बालबालिकालाई मनोवैज्ञानिक त्रासबाट बचाउन र कोरोना भाइरस (कोभिड १९) बारे जानकारी दिन ‘पवनकली शो’ शूरु हुने भएको छ । विश्वभर कोरोना भाइरसको त्रासले बालबालिकालाई अदृश्य प्रभाव पारेको अवस्थामा नेपालमा भने हाँस्यप्रधान कार्यक्रमबाट बालबालिकालाई कोरोना भाइरसका बारे सचेत गराउन थालिएको हो ।

सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा चेतनामुलक हाँस्य कार्यक्रम ‘पवनकली शो’ कार्यक्रम प्रसारणमा आउन लागेको हो । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बालमैत्री सुचना सामग्री समावेश गरी सामाजिक सञ्जाल, युव्ट्युव, टेलिभिजन र सामुदायीक रेडियोहरुबाट १४ गते विहान सवा ७ बजेबाट १५ मिनेटको कार्यक्रम देशभर प्रशारण हुने बताइएको छ ।

‘कोभिड–१९ का कारण सिर्जित अहिलेको विषम परिस्थितिमा सञ्चार माध्यमहरूमा बालमैत्री सूचनामूलक सामग्रीको आवश्यकतालाई महसुस गरेर सेभ द चिल्ड्रेनले ‘पवनकली सो’ कार्यक्रमसँग सहकार्य गरी बालबालिका र समग्र स्रोतारदर्शकलाई लक्षित सामग्रीहरू प्रसारण गर्न लागिएको हो,’ सेभ द चिल्ड्रेनका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालको भनाइ छ ।
रिसालका अनुसार हाँस्यप्रधान ढाँचाको यस कार्यक्रम बालबालिका र समग्र श्रोतारदर्शकलाई जानकार, सुसूचित र सचेत बनाउन प्रभावकारी हुनेछ । साथै यस कार्यक्रमले श्रोतारदर्शकलाई आफ्नो व्यवहार परिवर्तनका लागि अबलम्बन गर्नुपर्ने आनीबानीका बारेमा झक्झकाउने, सकारात्मक व्यवहारका लागि उत्प्रेरित गर्ने र फलस्वरुप कोभिड(१९ को संक्रमण रोक्नका लागि मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रमले कोभिड १९ बारेमा अफवाह पत्ता लगाउने र रोक्ने तौरतरिका, मानसिक स्वास्थ्य, बालबालिका विरुद्ध हुने हिंसा, शैक्षिक सवालहरुमा मौलिक ठेट भाषामा नाटकीय प्रहसनरकमेडी प्रस्तुती हुने बताइएको छ । कार्यक्रममा विज्ञहरु, चर्चित व्यक्तिहरु र देशका विभिन्न ठाउँबाट बालबालिकासँगको कुराकानी पनि यस कार्यक्रममा समेटिनेछ ।

चर्चित रंगकर्मी तथा नायिका लुनिभा तुलाधरले ‘पवनकली शो’ कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close