विपद् व्यवस्थापनमा नयाँ रणनिती बनाउदै कर्णाली सरकार

कमल कुमार न्यौपाने
कर्णाली प्रदेशमा विपदबाट बर्षेनी अर्बौंको धनमालको क्षती हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार विभिन्न प्राकृतिक प्रकोपका कारण कर्णालीमा एक बाढी, पहिरो, हिमपात र आगलागीबाट प्रत्यक एक वर्षमा धेरै धनमालको क्षति हुने गरेको छ ।
भौगोलिक विकटताका कारण कर्णालीमा आगलागी हुँदा निभाउने पानी पु¥याउन कठिनाई हुन्छ भने अर्कोतिर बाढीपहिरो पीडितको उद्दारमा गर्न समस्या हुने गरेको छ । समयमा नै उद्दार हुन नसक्दा धेरै मान्छेले ज्यान गुमाउनु परेपछि कर्णालीमा विपद् जोखिमलाई व्यवस्थापन गर्ने नयाँ रणनीति अपनाउन थालिएको हो । विपद् जोखिममा सरकार एक्लैले सम्भव नभएको भन्दै नीजि क्षेत्र, सामाजिक संघसंस्थाहरूलाई पनि साझेदारको भूमिकामा सँगसँगै लैजानुपर्ने बहस गरिएको छ । विपद् जोखिम न्यूनीकरणमा नीजि क्षेत्रको दायित्व र भूमिका कार्यक्रम प्रयास परियोजना अन्तर्गत फ्रेन्ड सर्भिस काउन्सिल नेपाल (एफएससिएन) ले वीरेन्द्रनगरमा आयोजना गरेको छलफल कार्यक्रमले नीजि क्षेत्र र सरोकारवालाबाट विपद्को समयमा भएका प्रयासका बारेमा, अबको रणनीति कस्तो हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।
जसअन्तर्गत कर्णाली प्रदेशस्तरीय कमिटी समेत निर्माण गरिएको छ । कमिटी उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको संयोजकत्वमा गठन गरिएको छ । उक्त कमिटीले नीजि क्षेत्र र स्थानीयबीच सहजै सम्पर्क र छलफल गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close