Murti

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा शनिबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
मोटरसाइकल चालक सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीमा कार्यरत पाल्पाको तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन बस्नेतको मृत्यु भएको हो। रुपन्देहीकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३३ वर्षीय कुलबहादुर खाम्चाको क्रिमसन अस्पतालमै उपचार भइरहेको छ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७९प ९२५५ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको लु४त ९३५ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close