सेभ द चिल्ड्रेनले दियो एक करोड छत्तीस लाख बराबरको स्वास्थ्य सामग्री

असोज १, सुर्खेत ।
कोभिड –१९ संक्रमण रोकथामका लागि  सेभ द चिल्ड्रेन, मध्य तथा सुदुर पश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको छ । करिव १ करोड छत्तीस लाख बराबरका दुई थान भेन्टिलेर, ३ हजार ४ सय ७४ सेट पीपीई, ८ थान अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य कोभिड सम्बन्धि स्वास्थ सामाग्रीहरू सहयोग स्वरुप उपलब्ध गराएको छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढालाई सेभ द चिल्ड्रेनको तर्फबाट एसोसिएट डाईरेक्टर धन भुसालले सामग्री हस्तान्तरण गर्नुभएको होे ।

स्वास्थ्य सामग्री बुुझ्दै मन्त्री यज्ञ बुढाले सेभ द चिल्ड्रेनले कोभिड —१९ महामारीको समयमा कर्णाली प्रदेशको लागि गरेको सहयोग र समन्वय सराहनीय भएको बताउनु भयो । सेभ द चिल्ड्रेनले नेपालमा बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, संरक्षण लगायत भौतीक स्ंरचना लगायत कोरोना महामारीमा कर्णाली प्रदेशलाई धेरै सहयोग गरेको बताउनु भयो । उहाँले कोभिड १९ को जोखिम कायम रहेकाले प्राप्त स्वास्थ्य सामग्री प्राथमिकताका आधारमा प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा प्रयोगमा ल्याउने बताउनु भयो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका एसोसिएट डाईरेक्टर धन भुषालले कोरोना महामारीमा आइसीयू भेन्टिलेटरको अभावमा कसैले ज्यान गुमाउन नपरोस भनी सरकारको अभियानमा सहयोग गरेको बताउनु भयो । उहाँले महिला तथा बालबालिका एवम पिछडिएको वर्ग समुदायको स्वास्थ्य उपचारलाई सघाउन सामग्री दिएको बताउनु भयो ।
यस अघि समेत सेभ द चिल्ड्रेनले विभिन्न परियोजना मार्फत कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्था, पालिका र प्रदेश सरकारलाई करिव पौने ४ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close