आईसीसी यू-१९ विश्वकपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल न्यूजिल्याण्डसँग

आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म श्रीलंकामा हुने तय भएको आईसीसीले जनाएको छ।

प्रतियोगिताको १५औं संस्करणमा १६ टोलीले भाग लिनेछन्। श्रीलंकाले यो प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंकाले १३ जनवरीमा जिम्बाब्वेसँग भिड्दैछ।

वेस्ट इन्डिजमा २०२२ को संस्करण जितेको वर्तमान च्याम्पियन भारतले १४ जनवरीमा २०२० को च्याम्पियन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्यूजिल्यान्डसँग हुनेछ भने दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग भिड्नेछ। तेस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ। जुन, २० जनवरीमा हुनेछ।

चार समूहमा चार-चार वटा टिममा राखेर विभाजन गरिएको छ। नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल भएको टिममा पाकिस्तान, न्यूजिल्यान्ड र अफगानिस्तान छ।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र युएसए रहँदा समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन्।

यस्तै समूह ‘सी’मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।

प्रत्येक टिमको शीर्ष तीनवटा टिमले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्स चरणलाई पनि दुई तहमा विभाजन गरिएको छ।

समूह ए र समूह डीका शीर्ष टीमबीच एउटा सुपर सिक्सको टिम हुनेछ भने समूह बी र समूह सीबीच अर्को सुपर सिक्सको टिम हुनेछ। तर यो चरणमा एउटा टिमले दुई खेल मात्र खेल्नेछ।

उदाहरणका लागि, समूह ए बाट पहिलो भएको टिमले समूह डी को दोस्रो र तेस्रो भएको टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ भने समूह डीबाट तेस्रो भएको टोलीले समूह एको पहिलो र दोस्रोसँग मात्र खेल्नेछ।

दुई सुपर सिक्स समूहको उत्कृष्ट दुई–दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने त्यहाँबाट विजयी भएका टोलीले ४ फेब्रअरीमा फाइनल खेल्नेछन्।

समूह ए र समूह डीको चौथो स्थानमा रहेका र समूह बी र समूह सी को चौथो स्थानमा रहेको टिमले प्रतियोगिता सकिनुअघि एकअर्कासँग एक–एक खेल खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close