
यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन् । युनाईटेडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा युनाईटेड पीएसजीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । समूह एचको युनाईटेड ४ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यता, पीएसजी पनि युनाईटेडलाई हराएर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
पीएसजी ४ खेलमा ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।