
सहिद स्मारक ए डिभिजन लिगको रोमाञ्चक भिडन्तमा मनाङ मर्स्याङ्दी क्लबमाथि साविक विजेता मछिन्द्र क्लबले जित निकालेको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले मनाङमाथि १(० गोलको जित हात पारेको हो।
मनाङको जितमा सुनील बलले खेलको अन्त्य तिर गोल गर्नु भएको थियो। उहाँले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा प्राप्त फिकिकमा उत्कृष्ट गोल गर्नु भएको थियो।
जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रको ६ खेलबाट १४ अंक भएको छ।
दोस्रो स्थानमा झरेको मनाङको १३ अंक छ। सिजनमा मनाङले पहिलो हार बेहोरेको हो।
जितसँगै मछिन्द्रले सातौं चरणसम्ममा अंक तालिकाको शीर्ष स्थानमा रहेर एएफसी कपमा छनोट हुने सम्भावना बलियो बनाएको छ। अब मछिन्द्रले सातौं चरणको खेलमा जित हात पारे एएफसी कपमा स्थान पक्का गर्नेछ।
मनाङको पनि एएफसी कपमा छनोट हुने सम्भावना बाँकी नै छ। त्यसका लागि सातौं चरणमा मनाङले जित हात पार्दा मछिन्द्रले अंक गुमाउनु पर्छ।
सातौं चरणमा मछिन्द्र र नेपाल पुलिस क्लब तथा मनाङ र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ।
यता शनिबार भएको लिगको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३(१ ले पराजित गरेको छ।
जितसँगै शेर्पा ६ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा रहेछ।