नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो

११ बजेलाई बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक ५ घण्टा पछि सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको नेताहरूले बताएका छन् ।
११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भने, शीर्ष नेता को कार्यव्यस्तताले सार्नुपरेको हो ।
आजको बैठकमा माओवादीले तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णय गर्नेछ । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close