थप २४ सय ४५ जनामा कोभिड पुष्टि, ३२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले आज प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी ११ हजार ६ सय ६४ जनामा परीक्षण गर्दा करीब २१ प्रतिशतमा संक्रमण देखिएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ४ सय ७४ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंका ३ सय ३०, ललितपुरका ५६ र भक्तपुरका ८८ जना रहेका छन् ।

यस अवधिमा १२ सय ५८ जनाले संक्रमण जितेका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ ।

देशभर २५ हजार ८ सय ३७ जना सक्रिय संक्रमित छन् । जसमा २३ हजार ३ सय ३४ जना होम आइसोलेसनमा र २ हजार ५ सय ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ती मध्ये ५ सय ६४ जनाको आइसीयू र १ सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र सुर्खेतमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close