वाग्मती सफाइ महाअभियान ४५०औँ हप्ताको तयारी

 

काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दैछ ।

महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर भइरहेको छ । महाअभियान सुरु भएपछि वाग्मतीका विभिन्न खण्डका साथै रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, लतिलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियानको प्रेरणाले यी सफाइ अभियान सुरु भएका हुन् । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी एवं सांस्कृतिक सम्पदास्थलमा पनि वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर सफाइ भइरहेको छ । नागरिकस्तरबाट सुरु भएको यो अभियानलाई स्थानीय सरकारले भने महत्व नदिएको भन्दै अभियानकर्मीले आलोचना गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close