आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द हुने

नोभेल कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपछि आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द हुने भएका छन् ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार बसेको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।  भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिले पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी छ । बैठकले अत्यावश्यक बाहेक सबै सार्वजनिक कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । अहिले पनि बैठक जारी रहेकाले थप निर्णय हुने उनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close