
काठमाडौं । पूर्वउपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. तुम्बाहाङ्फेलाई सोमबार(आज) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनको आज दिउसो ३ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
बलात्कार आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । उनको ठाउँमा नेकपाबाट सभामुख बनाउँन खोज्दा उनले आफूलाई उम्मेदवार बनाउनु पर्ने अडान राखेकी थिइन् ।