राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न आज मतदान जारी भइरहेको छ ।
राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन भइरहेको छ । अध्यक्षका लागि मतपत्रबाट मतदान हुनेछ भने पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान हुने निर्वाचन समितीले जनाएको छ  ।
अध्यक्ष पदका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहनु भएको छ । दुवै पक्षले आफूहरुको जीत सुनिश्चित रहेको बताउँदै आउनु भएको छ ।
यसैगरी, पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै, १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close