सांसदलाई नै छैन चासो, बजेटमाथिको छलफल चलिरहँदा संसद्का कुर्सी खाली [फोटो फिचर]

बजेटमाथिको सैद्धान्तिक छलफल चलिरहेको समयमा प्रतिनिधि सभाका कुर्सी खाली देखिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसद्‌मा पेश गरेको बजेटमाथि आइतबारदेखि प्रतिनिधि सभामा छलफल चलिरहेको छ ।

दोस्रो दिनको छलफलमा सांसदहरूले भाग लिइरहेका छन् । तर सुन्ने सांसद भने बैठक कक्षमा छैनन् ।

छलफल पट्यारलाग्दो भएकोले आफू संसद्‌मै निदाएको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संसद्‌मै बताएका थिए ।

सैद्धान्तिक छलफल भोलि टुंग्याउने योजना रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा कुनै प्रस्ताव पेश गर्न प्रतिनिधि सभाका एक चौथाइ सदस्य आवश्यक पर्ने भएपनि छलफल गर्दा कति सांसद उपस्थित हुनुपर्ने भन्ने व्यवस्था नियमावलीमा छैन ।

बिहान ११ बजेदेखि शुरू भएको बैठक लम्बिँदा सांसदहरू बैठक कक्षबाट बाहिरिएको सचिवालयका एक अधिकारीले बताए ।​​

हेर्नुहोस्, संसद्का खाली कुर्सी

 

null

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close