सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गते रातीसम्म लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले यस्तो निणर्य गरेको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको हो ।
कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले यसको रोकथाम र नियन्त्रणका लागि बैशाख १४ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ ३१ गतेसम्म पुर्याइएको हो ।
जिल्लामा निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड बढ्दै गएको छ ।संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि चहलपहल नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close