कोरोना सङ्क्रमण दर बढेपछि आन्तरिक हवाई उडानमा कडाइ

काठमाण्डौ ःकोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।
जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, हरेक उडानपछि हवाईजहाज र ब्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने ठाउँ तथा प्रतीक्षालयमा भिडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरिएको छ ।

सङ्घको हिजो बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि यस्तो निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close