पढ्दै कमाउदै गर्न मिल्ने जनज्याेति माविमा नयाँ भर्ना

जनज्योति माध्यमिक विद्यालय बराहताल ५ बड्डिचौरले प्राविधिक विषयको ३ बर्षे डिप्लोमा तहमा भर्ना खुल्ला गरेको छ । जिल्लाकै पहिलो सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेको सामुदायीक विद्यालयले ३ बर्षे डिप्लोमा कृषि, भेटनरी तथा १८ महिने कृषि र भेटनरी जेटिएमा नयाँ भर्ना खोलेको हो ।
३ बर्षे डिप्लोमाका लागि एसइईमा अंग्रेजी, गणित, विज्ञान विषय मध्ये कुनै दुुइमा कम्तिमा सि र कुनै एकमा डि प्लस इच्छुक विद्यार्थीले असोज १५ गते भित्र फारम भरिसक्नुपर्ने विद्यालयले जनाएको छ । प्रि.डिप्लोमाका लागि एसइईमा कम्तिमा ई ग्रेड ल्याउनु पर्ने विद्यालयले जनाएको छ । विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र, चारीत्रिक प्रमाण पत्रको साथमा २ प्रति पासपोर्ट साईजको फोटो, बैंक भौचर सहित फर्म भरी विद्यालयमा मेल गर्न सक्ने विद्यालयद्धारा जारी सुचनामा उल्लेख छ ।
कोरोना भाइरसको महामारीका कारण विद्यालयले अहिले इमेल मार्फत विद्यार्थीलाई आवेदन फर्म भर्न आह्वान गरेको छ । विद्यालयले जारी गरेको सुचना अनुसार डिप्लोमाका लागि ८ सय र प्रिडिप्लोमाका लागि ३ सय वैंकमा जम्मा गर्न आग्रह गरेको छ ।
पढ्दै कमाउदै नै आकर्षणको केन्द्र
विद्यालयले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने अवसर दिदाँ जनज्योति माविमा विद्यार्थीको आकर्षण केन्द्र बनेको छ । प्राविधिक पढ्न आएका विद्यार्थीलाई विद्यालयले नयाँ विद्यार्थीका लागि उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्छ । उत्त कक्षामा देशमा भएका विविध गतिविधिको तथ्यांकहरु विश्लेषण गरिन्छ । केहि सफल र व्यावसायीक उदाहरणहरु देखाइन्छ । ती मध्ये के गर्न चाहने विद्यार्थीलाई रोज्न लगाइन्छ । विद्यार्थीको रोजाइ अनुसार अभिमुखिकरण कक्षा सञ्चालन हुन्छ । विद्यार्थीलाई नियमित कक्षासँगै व्यावसायीक योजना बनाउन सिकाइन्छ । ती व्यावसायीक योजना सम्बन्धि शिक्षकले हेरेर सिफारिस गरे पछि विद्यार्थीलाई कृषि व्यवसाय गर्नका लागि विद्यालयकै स्रोत साधनमा तथा जग्गा भाडा लिएर भए पनि व्यवसाय गर्न ऋण प्रवाह गर्ने गरिन्छ ।
विद्यार्थीलाई विद्यालयले विना व्याज ऋण परिचालन गरे पछि विद्यार्थीलाई बोझ पनि थपिदैन । विद्यार्थीको व्यवसायबाट भएको आम्दानी हुनासाथ विद्यालयको ऋण फिर्ता गर्नुपर्छ । हाल यही विद्यालयको विना व्याजमा ऋण लगानीबाट धेरै विद्यार्थी व्यावसायसँगै पढाइ पनि पुरा गरेका छन् । प्रधानध्यापक नारायण प्रसाद सिग्देलका अनुसार अध्ययन गर्दासम्म हरेक विद्यार्थीलाई विद्यालयले १ लाख ५० हजारसम्म विना व्याज ऋण दिने गरेको छ । विद्यार्थीले पढ्दै कमाउदै गरुन भन्ने हेतुले विना व्याज ऋण लगानी गर्ने गरेका छौं । प्रअ सिग्देलले पढाइसँगै जागर गर्ने विद्यार्थीलाई आवेदन फर्म भर्न आग्रह गर्नु भयो । पैसाको अभावमा प्राविधिक शिक्षा लिनबाट कोहि वञ्चित नहुन भनी विद्यालयले पढाईसँगै आम्दानी हुने वातावरण सिर्जना गरेको छ ।
नव प्रवेशी १ सय ६० विद्यार्थीलाई उत्प्रेरणात्मक कक्षा चलाउँछौं । त्यसमा देशले आयात गरेका तथ्यांकहरु देखाउँछौं । तिनका सिनियरले गरेको तथ्यांक देखाउँछौ । यिनी मध्ये के गर्न चाहने हो रोज्न भन्छौं र त्यो सम्बन्धि अभिमुखीकरण तालिम दिन्छांै । व्यावसायिक योजना बनाउन सिकाउँछौं । तिनले बनाएका योजना सम्बन्धित विषय शिक्षकले ठीक छ भनेर सिफारिश गरेपछि विद्यालयले निब्र्याजी ऋण उपलब्ध गराउँछ । उत्पादनबाट आम्दानी हुनासाथ ऋण फिर्ता गर्छन् र अझै ठूलो स्केलमा कम गर्छन् पनि । हालसम्म करिब ८ लाख रुपैयाँ ऋण प्रवाह भएको छ ।
जनज्योति माविमा २०६८ बाट प्रविधिक विषय सञ्चालनमा आएको हो । १५ महीने कृषि कोर्सबाट सञ्चालन भएको प्राविधिक शिक्षा अहिले यस विद्यालयमा १८ महीने कृषि, १८ महीने भेटेरिनरी, तीनवर्षे कृषि (कृषि डिप्लोमा) र तीनवर्षे भेटेरिनरी (भेटेरिनरी डिप्लोमा)  पढाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close