दुई महिनादेखि स्थगित प्रदेशसभा बैठक असोज तेस्रो सातासम्म सञ्चालनको तयारी

सुर्खेत, १२ असोज ।
कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारी भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण दुइ महिनादेखि स्थगित बैठक सञ्चालनको तयारी भएको हो ।
चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन । प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोना भाइरस महामारीका कारण संसद अधिवेशन प्रभावित हुन पुगेको बताउनु भयो ।
कोरोना संक्रमण जोखिमका कारण अवरुद्ध संसद असोजको तेस्रो सातासम्म सञ्चालनको तयारीमा छ । केहि विधेयक विभिन्न विषयगत समितिमा विचाराधिन रहेको समेत सभामुख शाहीले बताउनु भयो । विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उहाँले बताउनु भयो ।
सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close