अमेरिकाको नर्थ क्यारोलाइनामा एक दिवसिय पूर्ण स्वास्थ्य विज्ञान शिविर हुने

राजु कोइराला
जेठ ११, नर्थ क्यारोलाइना, अमेरिका ।
अमेरिकाको नर्थ क्यारोलाइनामा पूर्ण स्वास्थ्य विज्ञान शिविर हुने भएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को आयोजनामा जुन १६ मा एक दिवसिय पूर्ण स्वास्थ्य विज्ञान शिविर हुने भएको हो ।
शिविरमा जीवन विज्ञानका प्रमुख प्रशिक्षकद्वय एलपी भानु शर्मा र रमेश नेपालले योग तथा आध्यात्म, जीवनका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । विभिन्न स्थानमा लामो सयमदेखि चक्र विज्ञान कार्यक्रम संचालन गर्दै आउनु भएका प्रशिक्षकद्धय शर्मा र नेपालले जुन १६, HSNC Cultural Hall, 309 Aviation Parkway, Morrisville, NC मा विहान ९ बजेदेखि साझ ४ बजेसम्म प्रशिक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।
जीवन विज्ञान प्रतिष्ठानले हालै नेपालको लुम्बिनीमा सात दिने योग र ध्यान सत्र (विराट चक्र विज्ञान) आयोजना गरेको थियो । जसमा ५,००० भन्दा बढी सहभागी बनेका थिए। उक्त विराट चक्र विज्ञानमा उहाँहरुले प्रशिक्षण गर्नू भएको थियो । जीवन विज्ञान अमेरिकाको अनुरोधमा अमेरिकाको दुईवटा राज्य क्यालिफोर्निया र ओहायोमा चक्र विज्ञानको कार्यक्रम संचालन गर्न आउदै गरेको अवसरमा एनसीएनसीले नर्थ क्यारोलाइनाको मोरिस्भिलमा पूर्ण स्वास्थ्य विज्ञानको एकदिवसीय कार्यक्रम संचालन गर्न लागेको एनसीएनसीका अध्यक्ष डा.बिकास शाक्यले बताउनु भयो ।
सहभागिले अनलाइनबाट नाम दर्ता गर्न मिल्ने व्यवस्था मिलाइएको छ । सिट सुरक्षाका लागि एनसीएनसीले नाम छिटो दर्ता गर्न आह्वान गरेको छ । कार्यक्रम नेपाली भाषामा संचालन हुने र सहभागिलाई दिउँसोको खाना र चिया उपलब्ध गराउने आयोजक एनसीएनसीले बताएको छ ।
उपस्थित सबैले योग र ध्यानको पूर्ण उपयोग गरुन् भन्ने उद्देश्यले कार्यक्रममा वयस्क व्यक्तिहरु र बृद्ध, बृद्धालाई मात्र समेटिने छ। बच्चाहरूको लागि छोटो सत्रको आयोजना गर्ने र छिटै सूचना उपलब्ध हुने बताइएको छ ।
अध्यक्ष डा. शाक्यका अनुसार शिविरमा सहभागि हुनका लागि कुनै शुल्क लाग्ने छैन ।  यद्यपी स्वेच्छिक सहयोग गर्न चाहनेका लागि बाटो खुल्ला रहेको उहाँले बताउनु भयो ।

आर्थिक सहयोग यसरी गर्न सकिने छ:

  • आफ्नो नाम दर्ता गर्दा वा जीवन विज्ञान वेबसाइट मार्फत https://jvusa.org/donations मा गएर।
  • NCNC को Zelle खातामा [email protected] वा NCNC’s को वेबसाइट https://www.ncnepal.org/donate-ncnepal/ बाट।
  •  सहयोग गर्दा ‘NC JV Event’ लेख्न नभुल्नुहोला।
  •  यदि चेक, नगद, आदि मार्फत सहयोग गर्न चाहनुहुन्छ भने कृपया NCNC बोर्डका सदस्यसँग सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close