कर्मचारीलाई ‘डेटिङ’ का लागि बिदा दिने घोषणा

‘डेटिङ’ का लागि अफिसले बिदा दिएको सुन्दा अचम्म लाग्न सक्छ। तर वास्तविकता यही नै हो। थाइल्याण्डको एक मार्केटिङ एजेन्सी  ‘ह्वाइटलाइन ग्रुप’ ले आफ्ना कर्मचारीलाई यस प्रकारको बिदा घोषणा गरेको हो।

‘टिन्डर लिभ’ अन्तर्गत सो कम्पनीले अनौठो बिदा दिएको भन्दै अहिले विश्वका विभिन्न मुलुकमा यसको चर्चा भइरहेको छ। सो कम्पनीका अनुसार यस्तो बिदाको उद्देश्य भनेकै कर्मचारीको खुसी बढाउनु हो।

जुलाइदेखि डिसेम्बरसम्मको यो योजनामा कर्मचारीले कुनै पनि समय डेटिङका लागि बिदा लिन सक्नेछन्। यसरी बिदा लिएर डेटिङ जाने कर्मचारीलाई कम्पनीले नै खर्चको व्यवस्थासमेत गरिदिने भएको छ।

तर यस्तो बिदा एउटा कर्मचारीले कति दिनसम्म पाउँछ भन्ने खुलाइएको छैन। कर्मचारीले यस्तो बिदाका लागि आवेदन दिनुभन्दा एक हप्ता अघि सूचना दिनुपर्ने छ। ‘लिङ्कडइन’ पोस्टमा कम्पनीले भनेको छ, ‘हाम्रा कर्मचारीले टिन्डर लिभको प्रयोग कसैसँग डेटिङमा जान प्रयोग गर्न सक्छन्।’

एक कर्मचारीले डेटिङका लागि समय नपाएको गुनासो गरेपछि कम्पनीले यस प्रकारको योजना ल्याएको जनाइएको छ।

प्रेममा रहँदा खुसी बढ्ने र यसको सकारात्मक प्रभाव उसको काममा पनि पर्ने भन्दै कम्पनीले आफ्ना कर्मचारीलाई यो अभियान अन्तर्गत प्रोत्साहन गरेको जनाइएको छ।-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close