
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११९ रुपैया ९२ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ३२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०३ पैसा र खरिददर ९ रुपैयाँ ९८ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९३ पैसा र खरिददर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ०४ पैसा र खरिददर ३१६ रुपैयाँ ४५ पैसा रहेको छ ।