आचार्यको नयाँ लोकगीत ‘यस्तो खेल खेल्यौ खै किन’ सार्वजनिक (भिडियो सहित)

सुर्खेत लेकबेशि १० का किसान डिलाराम आचार्य ‘इच्छुक’ गाउँमै बसेर पनि लोकसाहित्यको संरक्षण र प्रवर्द्धनमा लागि परेका छन्। नेपाली लोकसंस्कृति, भाषा र मौलिकतालाई बचाउनु पर्छ, विकास गर्नु पर्छ भन्ने अठोट राख्ने उनी लोकगीत सिर्जनामा विशेष रूपमा सक्रिय छन्।

उनको सांगीतिक यात्रा निकै रोचक संयोगमा अगाडि बढिरहेको छ। ‘भेरी तरेर’ बाट सुरू भएको यो यात्रा ‘मुटु भित्रै’ हुँदै ‘यस्तो खेल खेल्यौ खै किन’ सम्म आइपुगेको छ। अनौठो रूपमा उनका गीतका शीर्षकहरू आफैंमा एउटा कथा बनेका छन् – ‘भेरी तरेर’ बाट यात्रा सुरु भई ‘मुटु भित्रै’ पुग्यो, त्यसपछि ‘यस्तो खेल खेल्यौ खै किन’ भन्दै भावनाका आरोह-अवरोह पार गरियो। अब चाँडै नै सार्वजनिक हुने तयारीमा रहेको अर्को गीत ‘रथ्यो सास बाँकी’ ले यो शृङ्खला अझ गहिराइमा पुर्याउने संकेत दिएको छ।

डिलाराम आचार्य ‘इच्छुक’ आफूलाई कलाकार भन्नुभन्दा पनि कला प्रेमी भन्न रुचाउँछन्। मौलिक नेपाली लोकसंगीत, भाषा, लय र भावनालाई जोगाउनु पर्छ भन्ने उनको मान्यता छ। गाउँकै प्राकृतिक वातावरणमा रमाउँदै लोकभाकालाई सजीव तुल्याउनु उनको विशेषता हो। उनको सिर्जनाले नेपाली लोकसंगीतको मर्म जगेर्ना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यो गीत लेकबेशी अनलाइन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीत  हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close