के हो अधिकमास र मलमास ? यस बारे अत्यावश्यक जानकारी

 

प्रस्तुतीः धर्मराज आचार्य

मलमास असोज ०२ गते बाट सुरु हुदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारी अनुसार पञ्चांग गणनाको सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । यसैगरी सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिक मासको व्यवस्था गरिएको पाइन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो सामान्यतया फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ ।
अधिक मासको निर्णय सूर्य संक्रान्तिको आधारमा गरिने ज्योतिष शास्त्रका विज्ञहरु बताउँछन । जुन महिनामा सूर्य सड्क्रान्ति हुँदैन त्यसलाई अधिकमास भनिन्छ । यो वर्ष असोजमा सूर्य संक्रान्ति परेको छैन । ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ती पर्दैन त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै कुनै चन्द्रमास भित्र दुई वटा सूर्य सक्रान्ती परेमा त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । जब चन्द्रमा अनुसार महिनाहरुको गणना हुन्छ, अनि १२ महिना मिलेर एक सौरवर्ष भन्दा झण्डै १० दिनको घटी हुन्छ र तीन–तीन वर्षमा कुनै न कुनै राशी अन्तरगत नै उसको आरम्भ एवं अन्तरगत नै उसको आरम्भ एवं अन्तमा दुई पूर्णिमा अथवा दुई अमावश्य हुन जान्छ, यस्तो अवस्थामा नेपाली पचाङ्गमा अधिकमास पुरुषोत्तम वा मलमास भनिन्छ ।
अधिकमासलाई पुरुषोत्तम मास वा मलमास पनि भनिन्छ । वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दीदेखि सोह्रौं शताब्दीसम्मका अभिलेख हेर्दा असार र पुस महिनामा अधिकमास हुने गरेको अध्येताहरु बताउँछन । कुल ३६५ दिनको एक वर्षमा १२ महिना हुन्छ । सूर्यको गति अनुसार गणना गरिने मासलाई सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ । चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूणिर्मासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन । चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ ।
यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढी हुन जान्छ । मलमास वा अधिकमास त्यस्तो कुनै अशुभ समय भने नभएको ज्योतिश शास्त्रीहरु बताउँछन । वर्ष दिनलाई ठीकसँग मिलाउन मलमास र क्षयमास आउने गर्छन । यो एक महिनाको मलमास अवधिमा कुनै पनि शुभ कार्य र पितृकार्य गर्न हुँदैन भन्ने हिन्दु धार्मिक मान्यता छ । यसबीचमा पर्ने तिथि श्राद्ध पनि मलमास सकिएपछि मात्रै गरिन्छ । मलमासकै कारण यस वर्षका सबै चाडपर्व एक महिना पछि सरेका छन । विवाह, ब्रतबन्ध, गृह प्रवेश, नयाँ ठाउँको यात्रा कुनै पनि शुभकार्य यस अवधिमा नगर्नु राम्रो हुने ज्योतिषहरु बताउछन ।
मलमासको सम्बन्ध खगोल विज्ञानसँग पनि रहेको ज्योतिषशास्त्री बताउँछन । हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ । १९ वर्षपछि त्यही महिना, त्यही दिनमा आउँछ अधिकमासलाई पुरुषोत्तममास भनेर पनि भनिन्छ । किनभने अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै थुनछेक हुदैन ।
मलमासको बेलामा गर्भ रह्यो भने बच्चा त जन्मिन्छ तर, त्यो बच्चाको भविष्य रेखा ज्योतिषलाई पनि थाहा हुँदैन । मलमासको समयमा नवविवाहित जोडीहरु अलग बस्नुपर्ने र गर्भधारण गर्न नहुने परम्परागत मान्यता छ । यसको अर्थ मलमासको अवधिमा सहवास नगर्ने हो ? विज्ञहरु भन्छन्न अधिकमासको अवधिमा गर्भधारण भएको बच्चा राम्रो हुँदैन भन्ने मान्यता छ । मलमासमा यौनकार्य नगर्न सुझाब दिँदै ज्योतिष पण्डितहरुले यस्तोबेला गर्भ बसे परिवारलाई कष्ट हुन सक्ने बताएका छन, ज्योतिष दीपेश सीवाकोटीका अनुसार मलमासको बेलामा गर्भ रह्यो भने बच्चा त जन्मिन्छ तर, त्यो बच्चाको भविष्य रेखा ज्योतिषलाई पनि थाहा हुँदैन कतिपयको चिना मिलेन भनिन्छ, चिना नमील्नु भनेकै उनको भविष्य थाहा नहुनु हो । तर गर्भधारण बाहेकको सहवासका बारेमा शास्त्र र विज्ञहरुले केही बोलेका छैनन । तथापी नवविवाहित जोडीहरु चाहिँ अलग बस्नु भन्छन । यस्तो बेला नवविवाहित युवती माइती बस्ने प्रचलन रहेको ज्योतिषशास्त्री हरु बताउँछन ।
यस महिना मानवता अनि पुण्यका कार्य गर्नाले पुण्य मिल्दछ । राजधानी शहर काठमाडौवाट लगभग ८ किमी दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायणको मन्दिरमा मलमासमा एक महिना लामो मेला लाग्ने गर्दछ । तर यो वर्ष कोरोनाको प्रकोपका कारण मेला लाग्ने सम्भावना छैन । यो महिनामा विशेषतः पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन भत्रे धर्मग्रन्थमा समेत उल्लेख छ । मलमासका बेला उपत्यकाका चार नारायणको दर्शन गर्ने चलन रहेको भएपनि यो वर्ष त्यो सम्भावना देखिएको छैन । अधिकमासको उत्पत्ति १२ महिनाको मयलहरु जम्मा भएर भएको देखिन्छ । तर स्वयं विष्णुले नै आफ्नो पुरुषोत्तम भन्ने नामबाट यस महिनाको नामाकरण गरेको हुनाले यतिबेला गरिएको यज्ञ, अनुष्ठान, व्रतोपवासादि कर्मबाट अनन्तगुणा बढी प्रतिफल पाइने विश्वास पनि छ । पुराणमा उल्लेख अनुसार हाम्रो मयलबाट उत्पन्न भएकोले तेरो स्थान हाम्रो सरह हुनुहुँदैन भनी अन्य सबै महिनाहरुले घृणा गर्न थालेकाले एक पटक मलमास रुँदै भगवान विष्णुको शरणमा पुगेको थियो । उसको दुःख पुकारा सुनिसकेपछि विष्णुले यस महिनालाई घृणा होइन सबैले सम्मान गरुन भन्ने उद्देश्यले पुरुषोत्तममासको नामाकरण गरी विशेष धार्मिक महत्व प्रदान गर्नुभएको थियो । त्यसैले त्यतिवेलादेखि हालसम्म विशेष पुण्य प्राप्तीको लागि यति बेला विभिन्न ३३ नामबाट भगवान विष्णुको पूजा गदै आइएको पाइन्छ । पूरा महिनाभरी भगवान विष्णुको पूजा गरी अन्तिम दिन विष्णुको पूजा गरिएको सोही ३३ नाममा ३३ वटा मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने विश्वास लिइन्छ । यो तल उल्लेखित ३३ नामको महिनाभरी नै दिनको एकपटक पूजा तथा पाठ गर्नाले धेरै पुण्य पाउने कुरा धार्मिक शास्त्रमा उल्लेख भएको पाइन्छ ।
उक्त ३३ नाम यस प्रकार उल्लेख छ ।
विष्णवेनमः, जिष्णवेनमः, महाविष्णवेनमः, हरयेनमः, कृष्णायनमः, अब्जनाभयनमः, केशवायनमः, माधवायनमः, रामायनमः, मधुसुदनायनमः, अच्युतायनमः, पुरुषोत्तमायनमः, गोविन्दायनमः, वामनायनमः, त्रिविक्रमायनमः, संकर्षणायनमः, श्रीकण्ठायनमः, बैकुण्ठायनमः, नारायणायनमः, अनिरुद्धायनमः, प्रद्युम्नायनमः, जनार्दनायनमः, दामोदरायनमः, श्रीपतयेनमः, वासुदेवायनमः, नृसिंहायनमः, शेषशायिनेनमः, पृश्निगर्भायनमः, उरुक्रमायनमः, श्रीधरायनमः, गोपीजनवल्लभायनमः, गोपालायनमः र गोलोकाधिपतयेनमः ।
मलमास लाई अधिकमास, पुरुषोत्तममास भनेर पनि भनिन्छ ।
वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दिदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ । वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा यस कुराको प्रतिपादित देखिदैँन । ३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छ भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ । ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरूमा अन्न विभिन्न स्थानमा बेग्ला बेग्लै विधि र किसिम पनि पाईन्छ । यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास खासै यहि महिनामा हुन्छ भनेर हुदैन । चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।
मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनको लागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चन्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।
अधिक मासमा के गर्नु हुन्छ ? के गर्नु हुदैन ?
गर्न हुने
१.वार्षिकी कार्य २.दैनिक नित्य कर्म सधैे दैनिक विहान बेलुकाको पूजा ३.पुरुषोत्तम पूजा कथा श्रवण र ब्रत
गर्न नहुने कार्य
१.श्राद्ध तथा पितृकर्म २.विवाह व्रतवन्ध, चूडाकर्म
३.सप्ताह, नवाह, महारुद्रि, शतचण्डी लगायत शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुदैन जस्तो गृह प्रवेश , नयाँ कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ । अधिक मासमा विवाह गरेमा गृह सुख हुदैन
गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ । हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो । ‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ । क्षयमासकालगि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोहि तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोहि तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रिय प्रमाण पाईन्छ । अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट जनतालाई भय, चोरी–डकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुहरूको मूल्यवृद्धिजस्ता फलहरू प्राप्त हुने कुरा ज्योतिषका संहिता ग्रन्थहरूमा बताइएका पाइन्छ । जय श्री राम

प्रस्तुती धर्मराज आचार्यसन्र्दभ सामग्री पितामह हरीहर आचार्य,पिता जि सुरज प्रसाद आचार्य गूरु सविन शिवाकोटी ,बीभीन्न बीधुतिय संचार तथा धार्मीक पुस्तक हरु।

(सन्दर्भ सामग्रीः पितामह हरीहर आचार्य, पिता जि सुरज प्रसाद आचार्य, गूरु सविन शिवाकोटी ,विभिन्न विधुतिय संचार तथा धार्मीक पुस्तकहरु ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close