
मानबहादुर वली
सुर्खेत ३०, चैत्र ।
युवा अवस्थामा सुरु भएको मायालु सम्बन्ध र वर्षौंपछि रोधीघरमा भएको पुनः भेटलाई कथाको रूपमा उतारिएको नयाँ गीत “देश म जाने बेलैमा ९हौला भेट–२०” सार्वजनिक गरिएको छ।
कुलमान नेपालीको लय संकलनमा तयार भएको यस गीतमा कुमार कार्कीको शब्द र बिबी अनुरागीको संगीत रहेको छ। गीतमा शान्ति श्री परियार र शिव संगीतको भावपूर्ण स्वर समावेश गरिएको छ।
गीतमा छुट्टिएका प्रेमी–प्रेमिकाको लामो समयपछि भएको पुनर्मिलनलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ। युवावस्थामा सुरु भएको प्रेम सम्बन्ध जीवनको परिपक्व चरणमा पुग्दा रोधीघरमा भएको संयोगपूर्ण भेटमा पुनः झल्किन्छ। सोही भेटमा उनीहरूले साझा विगत र प्रेमिल भावना स्मरण गर्छन्, जसले गीतलाई अझ मार्मिक बनाएको छ।
म्युजिक भिडियोको निर्देशन निर्मल प्याकुरेलले गरेका छन्। भिडियोमा नन्दा बस्याल, कुमार कार्की, यम आचार्य, जनक तारामी, बबिता बाकाबल, पवनकुमार योगी, अमिशा मगर, दिलु बुढा मगर र जानकी पुन मगरको अभिनय रहेको छ।
भिडियोलाई चन्द्र मन्दिर मगरले नृत्य निर्देशन गरेका छन् भने छायांकन देवप्रसाद प्याकुरेलले गरेका हुन्।
उक्त म्युजिक भिडियो एवान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्देशक प्याकुरेलका अनुसार, लामो समयपछि पुनः भेटिएका प्रेमी–प्रेमिकाको आत्मीयता, विगतको स्मृति र सम्बन्धको मिठासले यो गीत दर्शक–स्रोताको मन छुने विश्वास लिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।






