सडक चौडा नगराउदाँ वडा कार्यालयमा ताला

सुर्खेत ७, असोज ।
वीरेन्द्रनगर वडा नं. ६ को सद्भाव टोलमाा सडक चौडा बनाउन ढिला भएको भन्दै स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् । सद्भाव टोलमा गुरुयोजना अनुसार १६ मिटरको सडक विस्तारमा ढिला भएको भन्दै टोलविकास संस्थाले ताला लगाएको हो ।
वीरेन्द्रचोकबाट पशिचम राधा शर्वेश्वर मन्दिरबाट वीरेन्द्रचोक हुदै खोर्के जाने सडकमा जोडिनु पर्ने सडक खुल्ला गराउन ढिला गरेको भन्दै स्थानीयले विरोध गरी वडा कार्यालय बन्द गरेका हुन । वीरेन्द्रनगरको गुरु योजना अनुसार १६ मिटरमा सडकलाई चौडा गर्नु पर्दछ । तर नगरपालिकाको ढिलासुस्तीका कारण सडक चौडा हुनुको साटो सडक नै नखोले पछि वडा कार्यालयमा ताला लगाउन वाध्य भएको सद्भाव टोल विकास संस्थाका अध्यक्ष जसवीर कुमालले बताए । ‘नगरपालिकाले सडक खोल्नुपर्ने ठाउँमा जग्गा धनीको संरक्षण ग¥यो, सडक छेउको फुटपाथ हटाउने अधिकार भएको नगरपालिका कुनै चासो नदेखाउदा हामीले वडा कार्यालय बन्द गरेका छौं । ’ अध्यक्ष कुमालले भने, ‘२÷४ वटा भोटको मायाले जनप्रतिनीधिले सडक खुलाउन मौन भए । अब १६ मिटरको बाटो नखोलेसम्म हाम्रो आन्दोलन जारी रहेने छ ।’
गुरु योजना अनुसार नक्सामा सडक भए पनि लगतकट्टा नहुँदा सडक खोल्नमा ढिलाइ भएको हो । स्थानीयले नियमित तिरो तिरिरहेको हुदाँ पनि भोगचलन गरेको जग्गामा सडक खोल्न दिएका छैनन । विवादित क्षेत्रमा नगरपालिकाको अनुमति विना बनेका टहरालाई पुर्न निर्माण गर्न खोज्दा जग्गा धनी र स्थानीय बीच विवाद हुदै आएको छ । जग्गा धनीले रातीको समयमा बनेका टहरा पुर्ननिर्माण गर्न खोज्नु र स्थानीयले सडक क्षेत्रमा टहरा निर्माण गर्न नदिदाँ नगरपालिका मौन भएको स्थानीयको आरोप छ ।
यता वडा कार्यालयले भने लगत कट्टाको अधिकार वडालाई नहुँदा काम गर्न नसकिएको जनाएको छ । वडा अध्यक्ष मोति कंडेलका अनुसार नगर कार्यापालिकाले निर्णय गर्न नसक्दा समस्या आएको बताउनु भयो । सडकमा भएको अतिक्रमण हटाउने काममा वडाले काम गर्न थालेपनि नगर कार्यापालिकाले सहयोग नगरेको उहाँको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close