दैलेखबाट आउँदै गरेको बस दुर्घटना

दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको सुर्खेतको वीरेन्द्रनगर नजिकै सुर्खेत-दैलेख सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा १६ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईतेको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close