कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौँ — विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्याका शनिबार २ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख २ हजार ४ सय ५५ पुगेको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या २८ लाख ९२ हजारभन्दा धेरै छ । संक्रमितमध्‍ये हालसम्म ८ लाख १५ हजार निको भएका छन् ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एक चौथाईभन्दा बढी अर्थात् ५३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ३६ हजारभन्दा बढी छ। अमेरिकापछि इटालीमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने स्पेनमा मृतक संख्या करिब २३ हजार पुगेको छ। फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा २० हजार ३ सयले ज्यान गुमाएका छन्। कोरोना भाइरसको संक्रमण विश्वका लगभग सबैजसो देशमा भेटिएको छ।

कोभिड–१९ संक्रमणका कारण पहिलो मृत्यु भाइरस उद्गमस्थल वुहानका ६१ वर्षीय पुरुषको जनवरी ११ मा भएको थियो भने अमेरिकाले फेब्रुअरी २९ मा पहिलो पटक वासिङ्टन राज्यका एक पुरुषको मृत्यु भएको घोषणा गरेको थियो।
Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close