इलाका प्रशासन कार्यालय बाबियाचौरले आइतबार देखि ‘बार’ प्रणाली लागू गर्ने

 

कमल कुमार न्यौपाने
माघ १२, सुर्खेत । इलाका प्रशासन कार्यालय बाबियाचौरले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन माघ १६ गते आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ । कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको इलाका प्रशासन कार्यालयका सुचना अधिकारी छविराज कडेलले जानकारी दिनु भएको छ ।अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने सार्वजनिक स्थान वा कार्यालयमा जादा खोप कार्ड अनिवार्यरुपमा बोक्नु पर्ने अथवा मोवाइलमा फोटो भए पनि हुने जस्ता आदेश प्रशासनले जारी गरेको छ ।
नेपाली नागरिकता, अन्य सिफारिस कार्यका लागि सेवा गर्न ‘बार’ प्रणाली तोकिएको छ । आइतबार मगलबार र बिहीबार पञ्चपुरी नगरपालिका सम्पुर्ण वडाहरु , सोमबार बुधबार र शुक्रबार चौकुने गाउँपालिकाका सम्पुर्ण वडाहरु तथा बराहताल गाउँपालिकाका ६र७ का सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close