विद्युत नियमित हुनुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र

सुर्खेत । कोरोना भाइरसको आतंकले देशको पुरै आर्थिक स्थिति थिलथिलो भैरहेको अवस्थामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका जनता यतिवेला विधुतको अघोषित पटके लोडसेडिङ्गले अर्को मारमा परिरहेको वेला कर्णाली स्वयम् सेवक दलले आज विधुत प्राधिकरणलाई ध्यानकर्षण पत्र बुझाएको छ ।

दलले ध्यानाकर्षण पत्रमा देश कोरोना भाइरस कोभिड १९ को पहिलो चरणको मारबाट उठ्न नसकिरहेको अवस्थामा पुनः कोरोनाको दोश्रो भेरियण्टले थिलथिलो भइ सम्पूर्ण व्यापार व्यावसाय उद्योग कलकारखाना शिथिल भएको अवस्था एवं प्रचण्ड गर्मी र उष्णता बढ्दै गइरहेका बेला अति आवश्यक पर्ने विद्युत बारम्वार अनियमित भइरहंदा सर्वसाधारण सबैलाई झनै आक्रान्त बनाइरहेको उल्लेख गरेको छ ।

त्यस्तै पत्रमा प्रादेशिक राजधानी जस्तो ठाउँमा दिनहुजसो विद्युत अनियमित भइरहनु र कहिले घण्टौंसम्मपनि विद्युत आपूर्ति नै ठप्प भइरहनुले राजधानीको दुरावस्था उदांगो मात्र पारेको छैन विद्युत प्राधिकरण सुर्खेतको प्राविधिक असक्षमता र लापरवाहीको पराकष्ठा समेत पार गरेको आरोप लगाएको छ । दलले नियमित रुपमा आवश्यक्ता बमोजिम विद्युत प्रयोग गर्न पाउने उपभोक्ता अधिकारलाई व्यवस्थित र नियमित बनाउने भन्ने तर्फ विद्युत प्राधिकरण सुर्खेतको गम्भीर ध्यानाकर्षण गराउँदै अब पनि उप्रान्त यस्तै समस्या बल्झिरहने स्थिति रहेमा विद्युत कार्यालय घेराउ र धर्नाजस्ता विरोधका कार्यक्रम गर्न हामी बाध्य हुने पत्रमा जनाएको छ ।

यसैवीच सुर्खेतमा बत्ती नियमित नहुनुमा १३२ केभी प्रशारण लाइन नहुनु नै रहेको विधुत प्राधिकरण सुर्खेतका प्रमुख टंकराज गिरीले बताउनुभयो । उहाँले “यो पुरानै संरचनामा विधुत आपूर्ति भैरहेको छ त्यस्तैमा अहिले दिनप्रतिदिन ग्राहक संख्या बढ्दै छ तर क्षमताको अवस्था बृद्धि हुन सकेको छैन् त्यसैमा झन सुर्खेतमा कतै विधुतमा समस्या आयो भनेपनि दक्ष तथा आवश्यक जनशक्तिको कमी पनि रहेको छ ।” दलका कार्यबाहक अध्यक्ष लक्ष्मण कडेलकाे अगुवाइमा साे ज्ञापनपत्र बुभाईयकाे दलका सचिव अनिल ढकालले बताउनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close