आजदेखि सहिद सप्ताह सुरु

आजबाट सहिद सप्ताह सुरु भएको छ। मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ। माघ १० गतेबाट सुरु हुने सहिद सप्ताहमा आजको दिन सहिद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाईदैछ।

नागरिकको हक हितका लागि लड्दालड्दै वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्ड्याएर शास्त्रीको हत्या गरिएको थियो। शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा आज काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ। सभामा महानगरपालिकाका प्रमुख लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो। नेपाल सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ।

सहिद सप्ताहमा माघ १३ गते धर्मभक्त माथेमाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना हुनेछन्। माथेमाको १९९७ माघ १५ गते सिफलमा हत्या गरिएको थियो। त्यसैगरी सोही वर्षको माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको माघ १५ गते शोभा भगवतिमा तत्कालिन राणाशासकहरुले गोली हानेर हत्या गरेका थिए। माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close