नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताउनु भयो।
पछिल्लो राजनीतिक घटनाक्रम र समसामयीक विषयमा छलफल जारी रहेकाले त्यस विषयमा नेताहरूको सुझाव लिनेक्रम जारी रहेको उहाँले बताउनु भयो। यसअघि स्थायी समिति बैठकमा छलफल गर्दैआएको माओवादी केन्द्रले सो बैठक स्थगित गरी सोमबारदेखि पदाधिकारी बैठक बोलाएको थियो। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा आज पनि पदाधिकारीले आफ्नो सुझाव राख्ने उहाँले बताउनु भयो।
बैठकमा सरकार सञ्चालनको एजेण्डा, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा पनि आवश्यक छलफल हुने महासचिव गुरुङको भनाइ छ। सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close