सुर्खेतकाे बाेटेचाैरमा भेरी काेरिडाेर कार्यालयकाे स्थापना

पुर्वि सुर्खेतकाे बाेटेचाैरमा भेरी काेरिडाेर सिंचाई तथा नदि व्यवस्थापन आयाेजना कार्यालयकाे स्थापना गरिएकाे छ ।कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले बिहीबार एक कार्यक्रमका बिच साे कार्यालयकाे उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा बाेल्दै उनले वर्तमान सरकारले कर्णालीलाई प्रथामिकतामा राखेर काम गरेकाे बताए । उनले मुलुककाे विकासका लागि प्रधानमन्त्रीकाे चिन भर्मण सफल भएकाे बताए ।

उपप्रधानमन्त्री खड्काले सरकारले सुशासनकाे नयाँ याेजना ल्याउने तयारीमा रहेकाे जानकारी दिए । उनले भेरी काेरिडाेर आयाेजनामा प्रदेश सरकार स्थानीय सरकार सबैकाे भुमिका रहेकाे बताए । नेता खड्काले एकताबद्ध भएर कर्णालीलाई विकशित र अग्रपङ्तिमा पुर्याउनुपर्ने उल्लेख गरे ।

उनले आर्थिक प्रतिकुलताको विचमा, कोरोनको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै सबल अर्थतन्त्र निर्माणमा लागिरहेको बताए । उनले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा याेजनामन्त्री बेदराज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसि, जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकाेटा, कर्णाली प्रदेश प्रहरी कार्यालका प्रमुख डिआजी भिम प्रसाद शर्मा, लगाएको उपस्थित रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close