कर्णालीको बिकासका लागि बाके र बर्दिया जोडिन आवश्यक छ ः पुर्व मन्त्री गौतम

कमल कुमार न्याैपाने

भदौ २५,सुर्खेत । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री सन्जय गौतमले कर्णालीको बिकासमा समृद्घी ल्याउनका लागि बाके र बदियालाई कर्णालीमा समावेश गर्नु पर्ने बताउनु भएको छ । जनताको साथमा नेपाली काग्रेस कार्यक्रमका लागि सुर्खेत पुग्नु भएका नेता गौतमले संचारकर्मीसगं कुराकानी गदै यस्तो बताउनु भएको हो । कर्णालीको बिकासको मेरुदण्डका रुपमा रहेको तेलपानी भुरीगाँउ सडक खण्डलाई चाडो भन्दा चाडो सम्पन्न गरी कर्णाली नाका रुपमा बर्दियाको राजापुरलाई बिकास गर्न सके कर्णालीले मुहार फेर्न बताउनु भयो ।
यस्तै नेता गौतमले आगामी चुनाबमा काग्रेस एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । सिट बाडफाडका लागि हाल नेताहरु लागि रहेका उहाले बताउनु भयो । नेपालि काग्रेसले ९० सिट मागेको र अन्य गठबन्धनका दलहरुले ७५ सिट लिनु पर्ने दावि गर्दा टुङ्घो लाग्न नसकेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close