नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कर्णाली प्रदेशको दोस्रो साधारण सभा सम्पन्न

नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कर्णाली प्रदेशको दोस्रो साधारण सभा आज वीरेन्द्रनगर सम्पन्न भएको छ । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । आयुर्वेद क्षेत्रको बिकासको लागि प्रयाप्त बजेट विनियोजन गर्न राज्यको ध्यानाकर्षण भने हुन सकेको छैन । आयुर्वेद पद्धतिबाट बिरामीको औषधी उपचार गर्दा दुष्प्रभाव रहित उपचार हुने र मानिसलाई दिर्घ जिवन बाँच्न सहज हुने भन्दै उनीहरुले प्रयाप्त जनशक्ति, आवश्यक उपकरण र औषधीको व्यवस्था गर्न राज्यका तिनवटै निकायले सहयोग गर्नु पर्ने सहभागिहरुको भनाई छ ।
न्युन बजेट, कम जनशक्तिका बिच पनि कर्णाली आयुर्वेद स्वास्थ्य केन्द्रले निकै प्रभावकारी र परिणाममुखि काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close