
महिला तथा बालबालीका हिंसा बिरूद्द एवम बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम बस्तीका शाहीद आलमकी छोरी गुलाब साह खातुनको बलात्कार पछि हत्याको न्यायको लागि आबाज उठाएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा सयुक्त आवाजले जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत प्रद्यानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै न्यायको माग गरेका हुन ।
ज्ञापन पत्रमा महिला तथा बालबालिका हिंसा विरुद्धको अभियानमा प्रद्यानमन्त्रीलाई सघाउन आग्रह गरिएको छ । ज्ञापन पत्रमा हत्या र बलात्कार जस्ता घटनामा अपराधिले उन्मुक्ति पाउने र पिडित पक्ष नयाको लागि रुदै सडकमा हिड्ने परम्पराको अन्त्य गर्न माग गरिएको छ । अपराधिलाई पैसा र पहँुचको आधारमा खुलेआम उन्मुक्ति पाउने परम्परालाई अन्त्य गरी सभ्य समाजमा यस्ता जघन्य अपराधलाई न्युरुत्साहि गर्न अपराधिलाई फासीको व्यवस्था गर्न माग गरिएको छ ।