
सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकाको वडा नं ७ का करिब ६ सय ४० घरपरिवारलाई झुल बितरण गरिएको छ । गर्मियाम सुरु भएको र यो समयमा लामखुट्टे लाग्ने भएकोले पनि नागरिकलाई सुरक्षित राख्नका लागि झुल बितरण गरिएको हो । करिब १ हजार ९ सय थान झुल स्थानिय नागरिकलाई बितरण गरिएको छ ।
लामखुट्टेको टोकाईबाट ओलौ मलेरिया लगाएत अन्य रोगहरु लाग्ने भएकोले पनि झुल बितरण गरिएको नगरपालिकाले जनाएको छ । जनस्वास्थ्य कार्यालयको सहयोग तथा लेकवेशी नगरपालिकाको समन्वयमा झुल बितरण गरिएको लेकवेशी नगरपालिका वडा नं ७ वडा अध्यक्ष रुद्र बहादुर नेपालीले जानकारी दिनु भयो ।